www.tandavnews.com
Fact ~ In search of truth

पोखरा राइनोजमा वेष्ट इण्डिजका विलियम

पोखरा ।

इभरेष्ट प्रिमियर लिगको यो सिजनका लागि तयारी गर्दै गरेको टिम पोखरा राइनोजले एकपछि अर्को चमत्कार देखाएको छ ।

राइनोजले फेरी वेष्ट इण्डिजका अर्का खेलाडीलाई आफ्नों टिममा अनुबन्धन गरेको छ । यसपटक राइनोजले वेष्ट इण्डिजका तिब्र बलर क्यास्रीक विलियम्सलाई आफ्नों टिममा समावेस गरेको हो । एक समारोहका विच विलियम्सले सिजन २०२० का लागि राइनोजमा अनुबन्धनको हस्ताक्षर गरे ।

Batas

विलियम्सले वेष्ट इण्डिजका थुप्रै घरेलु प्रतियोगिताहरु खेलिसकेका छन् । ३० वर्षिया अनुभवि तेज बलर विलियम्सले सन २०११ मा प्रथम श्रेणिको क्रिकेटमा प्रवेश पाएका थिए । सन् २०१६ मा उनले क्यारेवियन प्रिमियर लिगमा सर्वाधिक विकेट लिंदै सनसनी मच्याए । त्यस लगत्तै सन् २०१६ मा उनले पाकिस्तानबिरुद्ध टी–२० मा डेब्यु गरे भने सन २०१७ मा भारतविरुद्धको खेलबाट एक दिवसिय क्रिकेटमा डेब्यु गरेका हुन् । उनले ८ वटा एकदिवसिय खेलबाट ९ विकेट तथा २५ वटा टी–ट्वान्टीबाट ४१ विकेटमा आफ्नों नाम लेखाइसकेका छन् ।

पोखरा राइनोजमा उनलाई अनुबन्धित गराएपछि राइनोजका वनर दिपा अग्रवालले आफु विलियम्सको ‘सेलिब्रेसन स्टाइल’ बाट प्रभावित भएको बताइन् । ‘विकेट लिएपछि नाच्दै खुसि मनाउने उनको स्टाइलनै गजबको छ’–अग्रवालले भनिन्–नेपालीहरुपनि उनको यहि सेलिब्रेसनसंग रम्न तयार रहनुहोस् ।’

उनको आगमनसंगै आफ्नों टिम बलिङ्ग र व्याटिङ्ग दुवै पक्षमा बलियो भएको उनले बताइन् । राइनोजले यसअघि वेष्ट इण्डिजका ब्याट्स्म्यान क्रिस गेललाई आफ्नों टिममा अनुबन्धित गराएको थियो, जुन खबरले नेपाली क्रिकेट जगतमा हंगामै मच्याएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.