www.tandavnews.com
Fact ~ In search of truth

शिवरात्रीमा सिद्धबराहमा भजन चुड्का प्रतियोगिता

लता जोशी/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज /पोखरा ।

पोखरा महानगरपालिका २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रममा भजन चुड्का प्रतियोगिता हुने भएको छ । महाशिवरात्रीको अवसरमा सिद्धबराह तपोवन सन्यास आश्रममा खुला भजन चड्का प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको हो ।

Batas

कार्यक्रम संयोजक हरी पौडेलले उक्त भजन चुड्का प्रतियोगिताको विजेतालाई नगद ३० हजार रुपैया, दोस्रो हुनेलाई २० हजार, तेसोलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैया, प्रमाणपत्र प्रदान गरिने बताए ।

उनले उत्कृष्ट भषभुषा १ हजार र उत्कृष्ट नृत्यलाई १ हजार रुपैया प्रदान गर्दे उनले बताए । उनका अनुसार भजन चुड्का बढिमा १५ मिनेट लामो हुने, एक समुहमा १० देखी २० जना सहभागी हुनुपर्नेछ भने र फागुन ९ गते महाशिवरात्रीका दिन विहान १० बजे सम्म टिम दर्ता गर्न सकिनेछ ।

सोही दिन सिद्धबराह मन्दिरमा १०८ फुटको हनुमानको मुर्ती शिलान्यास कार्यक्रम समेत रहेको सिद्धबराह तपोवन सन्यास आश्रम सञ्चालक समितिका उपाध्यक्ष हरी भण्डारीले जानकारी दिए । मुर्तीको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शिलन्यास गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.