www.tandavnews.com
Fact ~ In search of truth

‘क्यान इन्फोटेक’ को तयारी तिब्र

मेलामा सूचना प्रविधि संग्रहालय स्थापना गरिने

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

पोखरामा आगामी फागुन ११ देखि १५ सम्म हुने ११ औं संस्करणको ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ को तयारी तिब्र पारिएको छ ।

ईन्फोटेक सम्पन्न गर्न व्यवस्थापकीय तथा विभिन्न क्षेत्रको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक पुरुषोत्तम कुँवरले बताए । उनले उक्त ईन्फोटेकमा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने बताए ।

Lama collectio News Middle

सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्यसहित संग्रहालय स्थापना गर्न लागिएको कुँवरले जानकारी दिए ।

‘संग्रहालयबाट पुराना पुस्ताले सूचना प्रविधि क्षेत्रको आफ्नो बिगत सम्झनेछन् भने नयाँ पुस्ताले सूचना तथा प्रविधिको पुरानो प्रचलनलाई बुझ्ने अवसर पाउनेछन्,’ कुँवरले भने, ‘आइसिटीको क्षेत्रको परिवर्तन कसरी भइरहेको छ भन्ने ज्ञान पनि संग्रहालयबाट मिल्नेछ ।’

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरको क्यान इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने सचिव सेवक क्षितिजले बताए । उनका अनुसार प्रभुपेको मुख्य प्रायोजनका रुपमा साथ रहेको सो मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय स्टल रहनेछन् भने छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop