www.tandavnews.com
Fact ~ In search of truth

दोश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

पोखरा ।

विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा वेगनासताल किनारमा यहि फागुन ९ गते देखि १७ गतेसम्म हुने दोश्रो बेगनास सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक बेगनास युवा क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको र केही कामहरु मात्र बाँकी रहेको क्लवका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए ।

Batas

युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि दोश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक सुवास थकालीले वताए ।प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५÷५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

वेगनासताल वाँध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् ।प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ भने प्रतियोगिताबाट हुने वचत रकमबाट खेल मैदान मर्मत, सरसफाई अभियान र क्लवका विभिन्न सामाजिक कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रानाभाटले बताए ।

क्लवले विभिन्न प्राकृतिक विपत्ती एवं दैवी प्रकोपका समयमा राहत तथा उद्धारका कार्यहरु गर्दै आईरहेको छ भने साथै वृहत वेगनासताल सरसफाई अभियान पनि सफलताका साथ ८९ औं हप्ता सम्म सम्पन्न गरिसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.