www.tandavnews.com
Fact ~ In search of truth

‘अवैध धन्दा’ चलाउने विदेशीको ‘दादागिरी’, स्थानीयलाई धम्की !

पोखरा
ताण्डव न्यूज ।

लेकसाइडमा ‘अवैध धन्दा’ गरिरहेको हार्ट एण्ड टियर्सका संचालकहरुले स्थानीय व्यवसायीलाई धम्की दिएका छन् । हार्ट एण्ड टियर्सको ‘अवैध धन्दा’बारे ताण्डव न्यूजमा समाचार प्रकाशन भएपछि प्रशासनले बन्द गराईदिएको थियो । सोही विषयलाई लिएर धम्की आएको स्थानीय व्यवसायीले बताएका हुन् ।

प्रकाशित समाचारको स्रोत स्थानीय रहेको आशंकासहित हार्ट एण्ड टियर्सका संचालकहरुले धम्की दिएको एक व्यवसायीले बताए । ‘हामीले जानकारी दिएर समाचार आएको भन्दै हामीलाई उनिहरुले धम्की दिएका छन् । दादागिरी शैलीमा हामीलाई धम्क्याउने काम भइरहेको छ’ नाम नबताउने सर्तमा एक व्यवसायीले ताण्डव न्यूजलाई सुनाए ।

Batas

स्थानीय व्यवसायीले हार्ट एण्ड टियर्सका संचालकले व्यवसायमै खलल पुग्ने गरि धम्की र अपशब्द प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा आज (बुधबार) निवेदन समेत दिएका छन् ।

‘मिति २०७६ ११ ०७ गते साँझ ९ बजेतिर पोखरा ५ स्थित रहेको हट एण्ड टियर प्रालिको संस्थापक म्याट र जो र उसको समूह ४÷५ जना भएर माधक पदार्थ सेवन गरि हामीलाई एक्लो र निरिह सम्झी हाम्रा कर्मचारी र ग्राहकहरुको अगाडि नै बुलेट मोटरसाइकलमा आई व्यवसायमा धक्का पुग्ने गरी हामीलाई अपशब्द र धम्की दिई गएका छन् । सोही दिन दिउँसो अनुगमन टोली आएर हाट एण्ड टियर टुर्स एण्ड ट्राभल्स प्रालिलाई ताला लागाइदिएको थियो ।’ निवेदनमा उल्लेख छ ।
उनिहरुले प्रशासन समक्ष सुरक्षाको माग समेत गरेका छन् । निवेदनमा भनिएको छ‘उक्त घटनाको सूचना हामीले दिएको आशंका गरी बेलुका आएर अपशब्द बोल्दै धम्की दिएका छन् । हाम्रो जिउ धनको सुरक्षा तथा व्यापार गर्न पाउने हक सुनिश्चित चाहान्छौँ ।’

यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीले उक्त व्यवसायीहरुको शान्ति सुरक्षाको आवश्यक व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई आदेश दिएको छ । जिल्ला प्रशासनले चलानी नं ६५७३मा पत्र काट्दै कास्की प्रहरीलाई आज (फागुन ८ गते) आदेश दिएको हो ।

सम्बन्धीत न्यूज

विदेशीको अवैध धन्दा मा प्रशासनको ताला

लेकसाइडको त्यो गल्ली, जहाँ चल्छ विदेशीको ‘अवैध धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.