www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटियो

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार सो प्रजातिको चरा भेटेका हुन् ।

जाडो छल्नका लागि मङ्गोलिया, जापानलगायतका देशबाट भारत हुँदै यो चरा नेपालमा आउने गरेको विडारीले बताए । छिपछिपे पानीमा पाइने पूर्वीय कुलबारी चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमो पहिलोपटक भेटिएको उनले बताए ।

Batas

सो चरा जाडो छल्न नेपाल आउने गरेको भए पनि अण्डा पार्न र बच्चा कोरल्न भने मंगोलिया तथा जापान नै पुग्ने बताइएको छ । नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.