www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा ६७९ मानव अधिकार पीडित

पोखरा ।

गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २०५ र गैरराज्य पक्षबाट ४७४ गरी ६७९ व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले सार्वजनिक गरेको अभिलेखअनुसार गण्डकी प्रदेशमा राज्य पक्षबाट १५ महिला र १९० पुरुष तथा गैरराज्य पक्षबाट ४१२ महिला र ६२ पुरुष पीडित भएको उल्लेख छ । यस्तै गैरराज्यपक्षबाट १२ पत्रकारलाई दुव्यर्वहार गरिएको छ भने राज्यपक्षबाट छ जनालाई गिरफ्तार गरेको इन्सेक जनाएको छ ।

Batas

सन् २०१९ मा बालअधिकारअन्तर्गत भएका ८२ बालिका तथा आठ बालक गरी ९० बालबालिका पीडित भएको जनाइएको छ । जसमध्ये बलात्कारमा ४२ बालिका पीडित भए भने यौन दुव्यर्वहार घटनामा ३३ बालिका र दुई बालक थिए । महिला अधिकारअन्तर्गत ३१० पीडित भएका र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ यस अवधिमा पीडित भएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जानकारी दिए ।

उनले तीनै तहका सरकारले जनआकांक्षालाई ध्यान राखेर नेतृत्व वर्गबाट निर्वाह हुने जवाफदेही भूमिकाले मात्र मानव अधिकार संरक्षण हुनसक्ने बताए । प्रदेशमा गत वर्ष राज्यपक्षबाट १२ महिला र ६१ पुरूष तथा गैरराज्य पक्षबाट ५१५ महिला र ५२ पुरूष गरी ६४० पीडित भएका अभिलेख गरिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.