www.tandavnews.com
Fact ~ In search of truth

गायक प्रकाश सपुत चलचित्र खेल्दै,छायांकन सुरु

काठमाडौं ।

चर्चित दोहोरी गायक तथा मोडल प्रकाश सपुत चलचित्र खेल्ने भएका छन् । उनले अभिनय गर्ने चलचित्र परदेशी –२ को सुटिङ औपचारिक रुपमा सुरु भएको छ ।
चलचित्रमा प्रकाश सपुतसँगै नायिका वर्षा सिवाकोटी रहने छिन ।

चलचित्रको निर्देशन तथा निर्माताको रुपमा अग्रज गायक तथा निर्देशक नारायण रायमाझी रहने छन।परदेशी १ लाइ अत्याधिक रुचाएसँगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारि उक्त चलचित्रको मुर्हुत भएको हो।चलचित्रको पटकथा भने सर्जक रमेश बिजिको रहेका छन्।

Batas

प्रकाश सपूतले आफ्नो फेसबुकमा लेखेका छन :

र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ – चलचित्रमा अभिनय गर्ने ।

हिरो बन्ने ! ‘सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर १ तर सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ ।

तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणिय नारायण रायमाझि सरको निर्देशनमा बन्ने चलचित्र ‘ परदेशि २’ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु ।

चलचित्रको आज शुभ–मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश र विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुनः संगित कर्ममा फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.