www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा शिवरात्रीको दिन मापसे गरि कार चलाउँदा दुर्घटना, आमाको मृत्यु,छोरी गम्भिर

पोखरा ।

पोखरामा हिजो (शुक्रबार) शिवरात्रीको दिन मापसे गरि चलाएको कार दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ । पोखरा –१७ छोरेपाटनमा ग २ च ७७६३ नम्बरको कार दुर्घटना हुँदा सोही ठाउँ बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कारमा चालकसहित ५ जना सवार थिए । अन्य तीन जनाको अवस्था सामान्य रहेपनि ४ वर्षीया बालक अशिम थापा मगरको अवस्था गम्भीर छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।कारमा मृतक क्षेत्री, बालक अशिमसँगै अन्दाजी ३ वर्षीया बालिका रेबिका क्षेत्री, २१ वर्षीया बिना थापा मगर र चालक २८ वर्षका शिव पाण्डे रहेको प्रहरी जनाएको छ ।

Batas

मृतक क्षेत्री र बालिका आमाछोरी हुन् । पोखरा २२ भ्याग्लुङ खोलाबाट छोरेपाटन फर्कँदै गरेको कार सडकमै पल्टिएको थियो ।चालकले मापसे गरेको र तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको कारमा पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.