www.tandavnews.com
Fact ~ In search of truth

फागुन २२ देखि पोखरा रंगशालामा आहा ! रारा गोल्डकप, विजेतालाई १० लाख पुरस्कार

सरिता जिसी
विद्यार्थी पत्रकार, पोखरा ।

आहा ! रारा गोल्डकपको पुरस्कार राशी वृद्धी भएको छ । १७औं संस्करण सफलतापुर्वक सम्पन्न गरेको आयोजक साहारा क्लब पोखराले १८औं संस्कारणमा पुरस्कार राशी बढाएर १० लाख १ हजार पुर्याएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी िदइएकाे हाे।

यससँगै,फागुन २२ देखि चैत १ गते सम्म हुने प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष केशव थापा मगरले बताए ।

Batas

पोखरा रगंशालामा हुने प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्ने अध्यक्षले थापाले बताए ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मीसहित नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाईज, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लब सहभागी छन्। यस्तै झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा यो वर्षपनि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने छ।

प्रतियोगिताका सञ्चालन गर्न ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले गरेको छ।

क्याराभान गोल्डकपसहित विगत १९ वर्षदेखि सञ्चालन भैरहेको प्रतियोगिताको बचत रकम सहारा फुटबल एकेडेमीका लागि खर्च गरिनेछ। तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन्। विगत २०७० सालदेखि पोखराको दोविल्लामा सञ्चालित एकेडेमीले आवासिय रुपमा निशुल्क शिक्षा, स्वास्थ्य लगायत फुटबल प्रशिक्षण समेत दिँदै आएको आयोजकले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.