www.tandavnews.com
Fact ~ In search of truth

क्यानभासमा रवीन्द्र

चिप्लेढुङ्गा ।

पोखराका कलाकारले स्वर्गीय रविन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् । फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा यहाँका कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर उनको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।

विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहेका कलाकार एवं कार्यक्रमका संयोजक रमेश श्रेष्ठले भने “मैले वर्षौँदेखिको मित्रता गुमाएको एक वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उर्तान मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि एउटा प्रयास गरिरहेको छु ।”

Batas

कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताए । “मैले धेरै चोटी उहाँलाई भेटेको छु, सधैँ म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिए । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु ”उनले भने ।

कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारेको बताए । उनले भने “ देशको एक विकासप्रेमी नेताका रूपमा चिनेको थिए, उहाँलाई दूरदृष्टि भएको नेताको आत्मविश्वासको अनुहारलाई ‘फोकस आउट’ गरेको छु ।”

कार्यशालामा पोखरा र काठमाडौँका १५ कलाकारको सहभागिता थियो । सिर्जना गरिएका कला फागुन १५ मा रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक श्रेष्ठले बताए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्व अधिकारीको प्रथम स्मृतिमा उक्त कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित सात जनाको निधन भएको थियो । उनको ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ दुई पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.