www.tandavnews.com
Fact ~ In search of truth

प्रभु पे क्यान इन्फोटेकको ११ औँ संस्करण आजदेखी

पोखरा ।

‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ आज (फागुन ११)देखि सुरु हुदैँछ । आजदेखि सुरु हुने ११ औं संस्करणको क्यान इन्फोटेक १५ गते सम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने आयोजकले जानकारी दिएको छ ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइ .सी .टी.(ICT) कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता,विद्यालय स्तरिय जिल्ला तथा प्रदेश स्तरिय आइटी क्विज कन्टेस्ट, आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी,रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइ .सी .टी.(ICT) उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिनेछ ।

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल (Made in Nepal) एक्स्पोजर रहने छ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने छन् ।

क्यान महासंघले यसका निम्ति सार्वजनिक सुचना निकालेरै यससँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेको छ । सहभागिहरुलाई क्यान इन्फोटेकमा बिभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आई.सी.टी डे(National ICT Day) को अवसर पारेर पुरस्कृत गर्ने घोषणा यस अघि नै गरिसकिएको छ ।

साथै क्यान इन्फोटेकका भेला अवधि भरि विजनेस टक प्रोग्राम (B2B & B2C) सञ्चालन हुनेछ । मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटि क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । जस अन्तर्गत हेल्प डेक्स, ग्राफिक्स डिजाईन तथा हार्डवयर एण्ड नेटवर्क सम्वन्धि आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाईएको हो । जसमा आवेदकहरुलाई निशुल्क तालिम प्रदान गरी क्यान महासघ कास्कीमा आवद्ध रहेका संस्थाहरु तथां अन्य व्यवशायिक संस्थाहरुमा सिफारीस गरिनेछ ।

इन्फोटेक मेलामा करिव १०० वटा आइसिटीसंग सम्बन्धित स्टलहरु रहने आयोजकले बताएको छ । इन्फोटेक मेलाबाट करिव ३५ लाख आम्दानी हुने र करिव ३० लाख खर्च हुने आयोजकको अनुमान गरेको छ ।

बचत रकमलाई सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गर्ने भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.