www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण पदमार्गको विकल्पमा नयाँ पदमार्ग

सरिता जिसी /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/ पोखरा ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले ‘सेभेन पासेस अन्नपूर्ण सर्किट’ नाममा मोटरबाटो विस्तार भएसँगै छोटिँदै गएको अन्नपूर्ण फेरोको पदमार्गलाई विकल्प दिनेगरी नयाँ पदमार्ग प्रस्ताव गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठका अनुसार अहिले अन्नपूर्ण फेरोको पदयात्रा मोटरबाटोका कारण खुम्चिएकाले आगामी दिनमा नयाँ पदमार्गको रुपमा नयाँ सर्किट प्रबर्द्धन गर्न थालेको उनले बताए।

Batas

‘नेपाल भ्रमण वर्ष २०२० पारेर नयाँ गतिविधि गर्न आवश्यक छ। त्यही क्रममा नयाँ पदमार्ग विस्तार गर्न थालिएको हो,’ उनले भने, ‘साहसिक गतिविधि रुचाउने पर्यटकलाई नयाँ पदमार्गमा लैजान सकिन्छ।’

सेभेन पासेस अन्नपूर्ण सर्किट’को अध्ययन गरेका परामर्शदाता आलोक तुम्बाहाम्फेका अनुसार ‘अन्नपूर्ण फेरोमा एउटा मात्र भञ्ज्याङ (थोराङला) पार गरे पुग्छ। तर, प्रस्तावित नयाँ पदमार्गमा सातवटा भञ्ज्याङ पार गर्नुपर्दा निकै नै साहसिक रुट बनेको छ,’ उनले भने, ‘अन्नपूर्ण फेरो मोटरबाटोले त छोटियो नै धुलोधुँवाका कारण हिँडडुलमा पनि समस्या छ।

तर, नयाँ रुटमा यो समस्या केही छैन। तत्काल मोटर पुग्ने अवस्था पनि छैन। तुम्बाहाम्फेका अनुसार रुटमा पर्ने कुजुम्रु, यार्चा, मेता, फू, नार, काङला र मेसोकान्ता भञ्ज्याङ पार गर्नेगरी नयाँ रुट प्रबर्द्धन गर्न थालिएको मनाङको तालभन्दा केही दूरी अगाडिबाट यो रुट सुरु हुन्छ। तालको नाचे हुँदै सुरु हुने पदमार्ग क्रोमतोङ–धर्मशाला, डोनालेक, विजयफेँदी पुग्नेछ। त्यसपछि रुटले घो (ट्रिपल पास) बाट अघि बढेपछि ताची हुँदै सोङली जोड्नेछ।

सोङलीबाट क्रुमजुङ फेदी हुँदै अघि बढेको रुटले यार्चापास, मेता, फू, लोवाङ, नार, काङला हुँदै मनाङ निस्कनेछ। ‘५४ सय मिटर उचाइसम्मको पदयात्रा हुने र निकै नै रोमाञ्चक दृष्यसहित गतिविधि अवलोकन गर्न पाइने भएकाले पर्यटकका लागि आकर्षक बन्नेछ,’ उनले भने ।

तुम्बाहाम्फेका अनुसार यो रुटमा पदयात्रामा जाँदा कम्तिमा पाँच रात क्याम्पिङ गर्नैपर्छ। त्यसबाहेक टि हाउस र ठाउँठाउँका बस्ती, होमस्टेमा समेत पाहुना बस्न सक्नेछन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.