www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाःकोरियाका ४० हजार नेपाली जोखिममा,रोकिए कोरिया जाने कामदार

काठमाडौं ।

कोरियामा पनि कोरोना भाइरसको त्रास फैलिएको छ ।

पहिलोपटक चीनमा भेटिएको कोरोना भाइरस अहिले कोरियामा पनि देखा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार पछिल्लो समय कोरियामा एकै दिनमा संक्रमितको संख्या भएको छ ।दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

Batas

दक्षिण कोरियास्थित नेपालको राजदूतावासले गत फेब्रुअरी ६ मा कोरोनाभइरसबाट सचेत हुन सूचना जारी गरेको थियो। इपिएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले भने भाइरसको संक्रमण बढे पनि राजदूतावासले कुनै पत्राचार नगरेको जानकारी दिए।

हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेको खनालले बताए।यसैबीच नेपाल सरकारले दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार जान पाएनन् ।

आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाए पनि उनीहरुलाई पठाउन सहज नदेखिएको शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् ।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण देखिएको छ ।चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.