www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ७८ हजार आठ सय

काठमाडौं ।

पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा ७ सय रुपैयाँले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला ७८ हजार ८ सय रुपैयाँ मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो ।

Batas

गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७७ हजार ८०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला ९१५ मा कारोवार भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.