www.tandavnews.com
Fact ~ In search of truth

बारपाकमा आयोडिनयुक्त नुन सचेतना

गोरखा ।

साल्ट ट्रेडिङ कर्पोरेशन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोरखाको बारपाकमा सचेतना कार्यक्रम गरेको छ ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपांगता भएको बच्चा जन्मिनेलगायतका प्रचार सामग्रीसहित सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

Batas

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो । सामग्री वितरण गर्दै साल्ट टे«डिङ कर्पोरेशन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्नुपर्ने बताउँदै शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने बताएका थिए ।

केन्द्रको कार्यक्रमअनुसार देशका सबै विकट गाउँमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रमअन्तर्गत विद्यार्थीले बारपाक वरपर सचेतनामूलक प्लेकार्डसहित यसको उपयोगिताबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भुषण उपाध्याय, विद्यालयका प्रधानाध्यापक जैनबहादुर घले, मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोलालगायतले आयोडिनयुक्त नुनले स्वास्थ्यमा पुर्याउने फाइदामाथि चर्चा गरेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.