www.tandavnews.com
Fact ~ In search of truth

युनाइटेट फाइनान्सको २५ औँ वार्षिकोत्सव, जनप्रिय माविलाई ९० हजार सहयोग

पोखरा ।

युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सवको अवसरमा फाइनान्सको पोखरा शाखाले हिजो(आइतबार) रक्तदान र खानेपानीका लागि सहयोग हस्तान्तरण गरेको छ । पोखरा सिमलचौरको जनप्रिय माविलाई फाइनान्सले ९० हजार रुपैयाँ सहयोग गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान तथा शुद्ध पिउने पानिका लागी आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा फाइनान्सको तर्फबाट उक्त सहयोग रकम जनप्रिय माविका प्राचार्य बाबुराम पौडेललाई हस्तान्तरण गरीएको छ । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुललाई सहयोग र रक्तदान आयोजना गरेकोमा फाइनान्सलाई धन्यवाद दिए ।

Lama collectio News Middle

जनप्रिय माविले शुद्ध पिउनेपानीका लागि बनाएको ५ लाख रुपैयाँको योजनामा उक्त रकम सहयोग गरेको फाइनान्सको पोखरा शाखा प्रमुख दीननाथ तिवारीले जानकारी दिए । उनका अनुसार स्कुलले ३ लाख ७५ हजार रुपैयाँको युरोगार्ड मेसिन र खानेपानी ट्यांकीसहितलाई गरी ५ लाखको योजना बनाएको छ । त्यसमा सिद्धार्थ क्लबले यसअघि नै २ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले बैंक तथा वित्तीय संस्थाको सहकार्यमा अघि बढ्ने जानकारी दिए । उनका अनुसार पोखरा न्युरोडमा सिसीक्यामेरा राख्न महानगरपालिकाले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दैछ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पहिलो रक्तदाता ईश्वर सिग्देललाई व्लड व्याग हस्तान्तरण गरी सुरुवाद गरीएको फाइनान्सको कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । फाइनान्सका शाखा प्रमुख तिवारीले गण्डकी प्रदेशमा छिटै ४ शाखा खुल्न लागेको जानकारी दिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery