www.tandavnews.com
Fact ~ In search of truth

समृद्धिका लागि लगानी : मुख्यमन्त्री गुरुङ

प्रतिक्षा बास्तोला
ताण्डव न्यूज,पोखरा (विद्यार्थी पत्रकार) ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो समृद्धिका लागि लगानी अपरिहार्य रहेको बताएका छन् ।

पोखरा महानगरपालिकाले पोखरामा आयोजना गरेको दुई दिने ‘दीर्घकालिन सोच तथा समावेशी आर्थिक विकास रणनीति तर्जुमा कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।

Batas

उनले भविष्यलाई हेरेर दिगो समृद्धिका लागि लगानी अपरिहार्य रहेको धारणा राखे । पोखरा महानगरपालिकाले अघि सारेको ‘भिजन २०४०’ को लक्ष्य जायज रहेको बताउदै विभिन्न क्षेत्रमा लगानी भित्राउन आवश्यक रहेको उल्लेख गरे । उनले कुल ग्राहस्थ उत्पादनका आधारमा लगानी गर्नुपर्ने बताए । ‘जिडिपी बढ्दा कति प्रतिशत योगदान हुन्छ, आर्थिक बृद्धिदर कति हुन्छ, उनले भने, ‘सँघले १० प्रतिशतको हाराहारी बढाउने र प्रदेशले १०.२ र सन् २०३० मा पुग्दा ११ प्रतिशत आर्थिक बृद्धिदर कायम गर्नुपर्छ ।’

मन्त्री गुरुङले प्रदेशको आर्थिक बृद्धिदर कायम गर्ने कार्यमा पोखरा महानगरपालिकाले टेवा पुर्याउनु पर्ने बताउदै भने, ‘गाउँपालिकाले ठुलो सहयोग गर्न सक्दैन ।’

उनले जिडिपी १०.२ पुगेको खण्डमा गरिबी निवारण सम्भव रहेको बताउदै प्रदेश सरकारले १४.५ मा रहेको गरिबी ७ प्रतिशतमा झार्ने लक्ष्य रहेको उल्लेख गरे । ‘सन् २०३० मा पुग्दा प्रदेशमा २ प्रतिशतमा झार्ने छौ ।’ उनले भने ।

मुख्यमन्त्री गुरुङले लगानीमा बिस्तार गर्नुपर्ने बताउदै ५ वर्षमा १० खर्ब १२ अर्ब लगानी गर्ने योजना रहेको बताए । उनले समृद्धिको लागि कृषि, उद्योग र उर्जामा लगानी बढाउनु पर्ने उल्लेख गर्दै उर्जामा ३ हजार मेगावाट भन्दा बढि बनाउनुपर्ने बताए । पोखरा महानगरपालिकाले कृषिमा भन्दा पर्यटनमा ध्यान दिन सुझाब दिदै मुख्यमन्त्री गुरुङले भने, ‘ग्रीन ईन्भाईरोमेन्टलाई पनि प्राथमिकतामा राख्नुस ।’

उनले ‘भिजिट २०४०’ को लक्ष्य प्राप्तिका लागि शुभकामना व्यक्त गर्दै समन्यव हुन नसक्दा समृद्धिमा धक्का लागेको धारणा राखे ।  उनले खानेपानी विभाग तथा सडक विभागको आपसी समन्यव नहुदा विकासमा धक्का पुग्ने गरेको टिप्पणी समेत गरेका थिए ।

सडकले पोखरामा आज (सोमबार) देखी सुरु भएकोे दुई दिने उक्त गोष्ठी दीर्घकालिन सोच तथा समावेशी आर्थिक विकास रणनीति तर्जुमा गरी भोली (मंगलबार) सम्पन्न हुने पोखरा महानगरपालिकाले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.