www.tandavnews.com
Fact ~ In search of truth

क्लियर टिभीको विशेष अफर,नौ सय ९९ मा प्रिमियम प्याकेज

पोखरा ।

क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर ल्याएको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले उक्त अफर सार्वजनिक गरेको हो ।

Lama collectio News Middle

अफर अन्तर्गत मात्र ९ सय ९९ रुपैयाँमा २ महिनाका लागि प्रिमियम प्याकेज उपलब्ध गराइएको पोखरा इन्टरनेटका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । यो प्याकेजमा २ सय ५५ भन्दा बढी डिजिटल च्यानल र ९५ भन्दा बढी एचडि च्यानल रहेको छ ।

जडानका लागि लाग्ने सेटअप बक्स निःशुल्क उपलब्ध गराइने कप्पनीले जनाएको छ । क्यान इन्फोटेकमा स्टल राखेर क्लियर टिभीले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यो अफर क्यान इन्फोटेक अवधिभर फागुन ११ देखि १५ गतेसम्म मात्र लागु हुने क्लियर टिभीका बिजनेस डेभलपमेन्ट म्यानेजर रेजिना आचार्यले जानकारी दिइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...