www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा सरकारी कागजात कीर्ते गर्ने चार पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले सरकारी कागजात कीर्ते गर्ने चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात कीत्र्ते गर्ने बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जनलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

Batas

पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीर्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.