www.tandavnews.com
Fact ~ In search of truth

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत : गृहमन्त्री थापा

चितवन ।

गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज चितवनमा उद्घाटन कार्यक्रममा उनले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताए ।

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उनले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताए । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उनले जानकारी दिए ।

Batas

प्रहरीलाई निर्देशन दिँदै उनले भने, ‘अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।’ मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई संकटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताए । उनले भने, ‘शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।’पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उनले स्पष्ट पारे ।

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उनले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताए । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताए।

एघार कोठे सो भवन एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माण सम्पन्न भएको हो । भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.