www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘दोस्रो गार्डेन कप’ सुरु, संगम एकेडेमीको विजयी सुरुवात

सरिता जिसी /विद्यार्थी पत्रकार

ताण्डव न्यूज/पोखरा ।

गार्डेन युथ क्लबको आयोजनामा आज (सोमबार) देखी सुरु भएको दोस्रो संस्करणको सेभेन ए साईड फुटबल प्रतियोगिता (गार्डेन कप) मा संगम एकेडेमीले बिजयी सुरुवात गरेको छ । पोखरा स्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा भएको उद्घाटन खेलमा ट्राईबेकरमा आयोजक टिम गार्डेन जुनियरलाई ३–२ गोल अन्तरले पराजित गर्दै एकेडेमीले विजयी सुरुवात गरेको हो ।

Batas

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ११ का अध्यक्ष मोहन बास्तोलाले सो प्रतियोगिताले नयां खेलाडी उत्पादनमा सघाउ पुग्ने बताउदै आगामी वर्षमा समेत कपलाई निरन्तरता दिन आग्रह गरे । उनले सो प्रतियोगितालाई वडा कार्यालयको तर्फबाट १ लाख ५० हजार सहयोग प्रदान गरेको बताउदैँ आगामी दिनमा समेत युवा तथा खेलकुदको शिर्षकमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

उनले खेलकुद हरेक व्यक्तिलाई आवश्यक पर्ने बताउदै स्वस्थ्य रहन मद्दत पुग्ने धारणा राखे । अध्यक्ष बास्तोलाले खेलकुद र अनुशासन पर्यावाची रहेको बताउदै सबै टिमका खेलाडीलाई मर्यादित भएर खेल्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आगामी दिनमा समेत उक्त प्रतियोगितालाई निरन्तरता दिन जोड गर्दै आफ्नो तर्फबाट सदैव साथ रहने बताएका थिए ।

क्लबका अध्यक्ष बिनोद गुरुङले कुल २९ टिमको सहभागिता रहनेको जानकारी दिए । उनका अुनसार आगामी १७ गते सम्पन्न हुने सो प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख २५ हजार प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिम शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ७० हजारको हकदार बन्नेछ । उनले प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजार सहित ट्रफी प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिताबाट अन्तिम चारमा प्रवेश गरी बाहिरिएका दुई टिमलाई १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.