www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघ कास्कीद्वारा फागुन १५ देखी अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

आज पोखरामा कुनै पनि सरकारी गाडी चल्न नदिने

पोखरा।

नेपाल विद्यार्थी संघ कास्की (नेविसंघ)ले अनिश्चिकतकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । नेविसंघले आफ्ना विद्यार्थी नेता पक्राउ गरेको विरोधमा कास्कीमा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेको हो । नेविसंघले बिहीबार फागुन १५ गते देखी अनिश्चितकालीनका लागि शैक्षिक संस्था बन्दको घोषणा गरेको छ ।

नेविसंघले मंगलबार फागुन १३ गते आज मंगलबार(दिउसो)पोखरामा कुनै पनि सरकारी गाडी चल्न नदिने जनाएको छ ।नेविसंघ पिएन क्याम्पस इकाइ सभापति दीपक शर्मा वाग्लेले हिजो सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

Batas

वार्ताका लागि सोमबार जादै गरेका विद्यार्थी नेताहरु किटानी जाहेरी दिई नेविसंघका नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल ९राजेश० लाई क्याम्पस हाता भित्रैबाट प्रशासनको मिलेमतोमा पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघले पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको सांगठनिक मतभेदका कारण शैक्षिक गतिविधिमा असहज परिस्थिति सृजना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेविसंघले नेताहरूमाथि लगाइएको झुठा र कपोलकल्पित मुद्धा खारेजी र विनाशर्त तत्काल रिहाइको माग राखी आन्दोलन घोषणा गरेको जनाएको छ । नेविसंघले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कडा कार्वाही गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएर काटेकोमा माफी माग्नुपर्ने माग समेत गरेको छ ।

नेविसंघले सोमबार पोखरामा चक्काजाम, टायर बालेर प्रदर्शन गरेको थियो । आन्दोलनका क्रममा ५ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रेस विज्ञप्ति
नेपालको प्रत्येक राजनीतिक क्रान्ति र राजनीतिक उपलब्धीहरूको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसको सबै भन्दा निकट र प्रभावशाली भातृसंगठन नेपाल विद्यार्थी संघ रहेको र सामाजिक न्यायका पक्षमा नेपाल विद्यार्थी संघ सधै लड्दै आएको समेत सबैलाई सर्वविदितै छ । विगत केही समय देखि पृथ्वीनारायण क्याम्पसमा ने।वि। संघ र अनेरास्ववियु बीच सांगठनिक मतभेदका कारण पटक पटक असहज परिस्थिति सिर्जना हुँदै आएको जानकारी गराउन चाहन्छौं ।

पृथ्वीनारायण क्याम्पस पोखरामा ने।वि। संघ र अनेरास्ववियुको विचमा सांगठनिक मतभेदका कारण पठनपाठन लगायतका शैक्षिक गतिविधिमा केही असामान्य परिस्थिति सिर्जना भएको जानकारी गराउन चाहन्छौं ।

यसै सन्दर्भलाई लिएर आज वर्तमान भ्रष्ट अधिनायकवादी ओली सरकारको निर्देशनमा प्रशासनले पूर्वाग्रही ढङ्गबाट हाम्रा केही निर्दोष विद्यार्थी नेता साथीहरुलाई किटानी जाहेरी दिई सुनियोजित ढङ्गबाट फसाउने कुटिल प्रपंचका साथ संगठानिक विवाद मिलाउने क्याम्पस प्रमुखको पहलमा भएको वार्तामा सहभागी हुन जाने क्रममा ने।वि। संघका नेता एवम् स्ववियु सभापतिका उम्मेद्वार रेशम हमाल (राजेश) लाई क्याम्पस हाता भित्रैबाट क्याम्पस प्रशासनको मिलेमतोमा पक्राउ गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

हाम्रा विद्यार्थी नेताहरु माथि लगाइएको झुठा र कपोकल्पित मुद्धा खारेजीको माग राखी, उहाँको बिना शर्त रिहाइको अपिल गर्दै भोलि मिति २०७६ फागुन १३ गते देखि निम्न बमोजिमको चरणबद्ध आन्दोलन घोषणा गर्ने जानकारी गराउँदछौंः

 मिति २०७६ फागुन १३ गते विहान ७ः३० बजे पृथ्वीनारायण क्याम्पस गेट अगाडि चक्का जाम एवम् विरोध प्रदर्शन गर्ने ।

 मिति २०७६ फागुन १३ गतेबाट कास्की जिल्लामा चल्ने सरकारी गाडी रोक ।

 मिति २०७६ फागुन १५ गते विहिबारदेखि अनिश्चितकालिन कास्की जिल्लाका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्ने ।

दिपक शर्मा वाग्ले

अध्यक्ष ने.वि. संघ पृथ्वीनारायण क्याम्पस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.