www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रको सम्झना : पोखरामा विभिन्न कार्यक्रम सहित स्मृति सभा हुने

लता जोशी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज /पोखरा ।

तत्कालिन नागरिक उड्यान तथा पर्यटन मन्त्री स्व. रबिन्द्र अधिकारीको सम्झनामा पोखरामा स्मृति सभा मनाईने भएको छ ।

रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा आगामी १५ गते विभिन्न कार्यक्रम गरी मनाईने आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा संघीय सांसद विद्या भट्टराईले नेकपाका युवा नेता स्व. अधिकारीको सम्झनामा पोखरा सभागृहमा औपचारिक कार्यक्रमको आयोजना गरी मनाईने बताए । उनले उक्त दिन गत १० गते ‘क्यानभासमा रबिन्द्र अधिकारी’ कार्यक्रममा तयार पारिएका पेन्टिङहरुलाई प्रदर्शन गरिने बताईन् ।

साथै देशभरका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुले सहभागि हुन पाउने गरी ‘नेपाली राजनीति, युवा र रबिन्द्र अधिकारी’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता समावेश गरिएको जानकारी दिईन् । उनका अनुसार सो प्रतियोगितामा प्रथम हुने विद्यार्थीले २५ हजार द्धित्तिय हुनेले १५ र तृतीय हुने विद्यार्थीले १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतिष्ठानका महासचिव धनराज आचार्यले सोही दिन (फागुन १५) पोखरा महानगरपालिकाले स्थापना गरेको स्व. रबिन्द्र अधिकारीको शालिकको अनावरण गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार पोखराको जामुनाबोट स्थित शहिद तथा विभुती पार्कमा निर्माण गरिएको अधिकारीको शालिक बिहान ८ बजे अनावरण गरिनेछ ।

उनले सोही कार्यक्रमका बिच रबिन्द्र अधिकारी अक्षयकोषको घोषणा गरी रकम संकलनका लागि शुभारम्भ गरिने समेत बताए । १ करोड राशीको अक्षयकोष स्थापना गर्ने गरी शुभारम्भ गर्ने बताउदै जापानमा रहेका ईष्टमित्रहरुद्वारा संकलित ४ लाख ७५ हजारबाट थप्दै जाने आचार्यले उल्लेख गरे ।

उनले सो अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थी र रिसर्चका विद्यार्थीलाई पुरस्कृत गर्ने जानकारी दिए । उनले वर्षमा दुई मुख्य औपचारिक कार्यक्रमको अयोजना गर्ने बताउदै अधिकारीको जन्मोत्सव र स्मृति दिवस मनाउने जानकारी दिए ।

उनले आगामी बैशाख २२ गते स्व. अधिकारीको जन्मोत्सव समारोहका बिच रबिन्द्र स्मृति ग्रन्थ नामक पुस्तक बिमोचन गर्ने समेत जानकारी दिएका थिए । आचार्यले प्रतिष्ठानमा साधारण सदस्य बन्नका लागि ५ सय रुपैया र आजिवन सदस्यका लागि ५ हजार र बिशिष्ट सदस्यका लागि १ लाख रुपैया निर्धारण गरिएको बताए ।

आचार्यले १६ गतेका दिन ‘समाज रुपान्तरणमा रबिन्द्र अधिकारी’ विषयक एक कार्यशालाको आयोजना गरिने समेत बताए । सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने प्रतिष्ठानले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.