www.tandavnews.com
Fact ~ In search of truth

बहुआयामीक शिक्षाको खाँचो – सांसद विद्या भट्टराई

पोखरा।

कास्की निर्वाचन क्षेत्र नं २ की संघीय सांसद विद्या भट्टराईले अबको शिक्षा प्रविधिउन्मुख हुनु पर्नेमा जोड दिएकी छिन् । हिमालय माध्यमिक विद्यालय पोखरा–२० मौजाको ४८ औँ बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दैँ भट्टराईले यस्तो बताएकी हुन् ।

उनले शिक्षा बहुआयामिक हुनु पर्ने आजको खाँचो रहेको भन्दै विद्यालयहरुमा शिपमुलक र ब्यवसायमुलक पढाईलाई अगाडि बढाउन सरकार सक्रिय रुपले लागि परेको जानकारी दिइन् ।

‘तपाईहरु योजना बनाउनु होस् म तद्अनुरुप यो विद्यालयलाई हरदम साथ दिनेछु’ भन्दै उनले यसका लागि ब्यवस्थापन समिति शिक्षक, अभिभावक र विद्यार्थीलाई एक भएर लाग्न आग्रह गरिन् । आफ्नो ठाउँको विद्यालय र यहाँको शिक्षालाई कस्तो बनाउने तपाईहरुकै हातमा रहेको समेत उनले बताए ।

मैले आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका सबै विद्यालयमा संघिय संसद्वाट उपलब्ध सेवा र सुविधा प्रदान गर्ने बाचा गर्दछु उनको भनाई थियो । उनले आफ्नो क्षेत्रका सबै बिद्यालयहरुमा सडक, कृषि र प्रविधिसँग जोडेर सहजताका साथ अध्ययन अध्यापन गर्ने परिपाटीको सुनिश्चितता दिलाउने प्रतिवद्धता ब्यक्त गरिन्।

कार्यक्रमका बिशेष अतिथि पोखरा महानगरपालिका वडा नं २०का वडा अध्यक्ष सिमबहादुर गुरुङले विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई माथि उकास्न स्थानीयतहले गर्नु पर्ने सम्पूर्ण सहयोग गर्दै आएको जानकारी दिदैँ यो बिद्यालयलाई नमुना बिद्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरे । उनले विद्यालयहरुमा अध्यापनको समस्यालाई समाधान गर्न स्थानीयहरुकै ठूलो भूमिका रहने भन्दै सबै एकजुट भई लागेमा सबै समस्या हल गर्न सकिनेमा जोड दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.