www.tandavnews.com
Fact ~ In search of truth

एमसीसी जलाउन खोज्ने मोहन वैद्य नेतृत्वका विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं ।

एमसीसी जलाउन खोज्ने काठमाडौंका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका तीन नेतालाई आज(मंगलबार) प्रहरीले गिरफ्तार गरेको हो।

Batas

एमसीसीको प्रति जलाउन खोज्दा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष गजुरेल, केन्द्रीय सदस्यद्वय सुनिल वैद्य र जगत शाही छन्।

एमसीसी प्रति जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको र त्यसक्रममा प्रहरीले लाठी चार्ज गरेको जनाइएको छ । लाठीचार्जबाट केही विद्यार्थी नेता घाइते भएका छन्प भने पक्राउ परेका केन्द्रीय सदस्य जगत शाहीको शरीर भरि निलडाम रहेको र कपडा च्यातिएको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.