www.tandavnews.com
Fact ~ In search of truth

फागुन २३ देखी सिटी रेवान फुड फेस्टीवल

प्रतिक्षा बाँस्तोला /विद्यार्थी पत्रकार ,
ताण्डव न्यूज/ पोखरा ।

पोखरामा फागुन तेस्रो सिटी रेवान फुड फेस्टिवल हुने भएको छ ।

पोखरा सिटी रेवानको आयोजनामा हुन लागेको आठौँ संस्करणको रेवान महोत्सव तथा फुड फेस्टिवल यही फागुन २३ देखी २५ गते सम्म हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।
३ दिन सम्म चल्ने उक्त फेस्टिवलका स्टल सिमलचौर मार्ग स्थित सृजनाचोकदेखी आलुमाइला चोकसम्म राखीने आयोजकले जानकारी दिएको हो ।

Batas

पर्यटन प्रर्वद्धन एवम् लोक संस्कृतिको जर्गेना गर्ने उद्येश्यले फेस्टिवलको आयोजना गरिएको आयोजकको भनाई छ ।महोत्सवमा खानाका १६ स्टल रहने छ भने अन्य प्रयोजनका १० स्टल गरि जम्मा २६ स्टल रहने संस्थाका महासचिव जिवन दाहालले जानकारी दिए ।

महोत्सवका आकर्षणको रुपमा रत्यौली गीत प्रतियोगिता, ढिडो खाने प्रतियोगिता रहने दाहालले बताए ।त्यस्तै महोत्सव स्थल पुग्ने दर्शकको मनोरञ्जनलाई ध्यानमा राख्दै महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय चर्चित लोक दोहोरी कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।

मेलामा पप कन्सर्ट, हास्य कलाकारको दैनिक प्र्रहशन पनि रहने जनाइएको छ ।स्थानीय कृषि क्षेत्रलाई उजागर गर्न कृषि प्रर्दशन पनि गरिने आयोजकले बताएको छ ।भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउने हेतुले उक्त मेलाको प्रवेश शुल्क निशुल्क गरेको संस्थाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्नका लागि २० लाख खर्च लाग्ने र २० लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । महोत्सव ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सवबाट बचेको रकम असाहाय बालबालिको लागि र पर्यटन प्रर्वद्धनमा खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सव सफल पार्न विभिन्न उपसमिती गठन गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.