www.tandavnews.com
Fact ~ In search of truth

भारतमा रोकिएन हिंसा, मृत्यु हुनेको संख्या १३

काठमाडौं ।

भारतमा नागरिकता विद्येयकलाई लिएर सुरु भएको हिंसा अझै रोकिएको छैन ।

नागरिकता विधेयकलाई लिएर भारतमा मच्चिएको दुई पक्षबीचको हिंसामा हालसम्म ज्यान गुमाउनेको संख्या १३ पुगेको जनाइएको छ ।उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

सोमबार ८१ र मंगलबार ६९ जना प्रदर्शनकारी घाइते भएका छन् । अस्पताल लगिएका यीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.