www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा बालबालिकाको सर्वेक्षणका लागि अभिमुखीकरण

पोखरा ।

बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ ।

वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्यांक संकलन गर्नका लागि टोल विकास संस्था र आमा समूहका ५० व्यक्तिलाई अभिमुखीकरण तालीम दिएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

Batas

सर्वेक्षणमा समग्र परिवारको विषयवस्तुलाई समेटिएको उल्लेख गर्दै उनले विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताए । वडाध्यक्ष लामिछानेले बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि सर्वेक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले वडामा बालबालिकाको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा जोड दिए । वडा नं ९ मा सङ्गम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था बालमैत्री टोल घोषणा भइसकेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.