www.tandavnews.com
Fact ~ In search of truth

चिकित्सक संघको ‘२८औँ एनेमेकन २०२०’को अवसरमा विविध कार्याक्रम

पोखरा
ताण्डव न्यूज ।

देशभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले ‘२८औँ एनेमेकन २०२०; विविध कार्यक्रम गरि मनाउने भएको छ । संघको कार्ययोजना अन्तर्गत ३ दिन चिकित्सा क्षेत्रसँग सम्बन्धीत विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।

आज(बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै संघले फागुन १५, १६ र १७ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाल चिकित्सक संघ गण्डकी शाखाको आतिथ्यतामा संघीय गणतन्त्र नेपालमा स्वास्थ्य प्रणाली, अवसर र चुनौतीहरुका विषयमा लक्षीत रहि कार्यक्रमहरु संचालन हुनेछन् ।

Batas

संघका अनुसार पहिलो दिनको सम्मेलनमा उद्घाटन, नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा प्रकरणको बारेमा चर्चा, दोस्रो र तेस्रो दिन देश तथा विदेशबाट आमन्त्रित विशिष्ठ चिकित्सकहरुबाट विभिन्न विधामा प्रस्तुती रहने जनाइएको छ ।

चिकित्सकहरुबिच आधुनिक चिकित्सा बारेमा बृहत सम्मेलन समेत हुने आयोजकले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.