www.tandavnews.com
Fact ~ In search of truth

फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

पोखरा ।

माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

Lama collectio News Middle

प्रतियोगितामा कूल नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिए । प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिताका विजेतालाई एक लाख ५५ हजार ५५५, उपविजेतालाई ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म यहाँ प्रतियोगिता सम्न्न भएकोे थियो । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop