www.tandavnews.com
Fact ~ In search of truth

बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा

काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका छन् । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।

निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ ।

Batas

बाँस्कोटाले मुद्दा दर्ता गर्नेबित्तिकै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.