www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

पोखरा।

लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छ« गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर क्लबले त्यहाँ विद्यार्थी र विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेको हो । उक्त अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले खेलकुद सामाग्री सहयोग गरेका थिए ।

Batas

कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिना, लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिना, क्लबका निवर्तमान अध्यक्ष धर्मराज भण्डारी, क्लब एमसिपी नारायणहरि बास्तोला, शिक्षा निर्देशक राजेन्द्र बास्तोला, माछापुच्छ«े गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले मानविय र सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेको बताए ।

माछापुच्छ«े गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले क्लबको सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण सृजना हुने बताए ।

लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वमबहादुर आधारभुत विद्यालयका प्रध्यानाध्यापक दुर्गा गुरुङले स्वागत र क्लबका सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालनन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.