www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब अफ पोखरा उज्यालो चौतारीद्धारा स्कुललाई शैक्षिक सामाग्री वितरण

पोखरा
ताण्डव न्युज ।

लायन्स क्लब अफ पोखरा उज्यालो चौतारीले पर्वत जिल्ला कुनपा ३ दुर्लङ मा रहेकाे सूर्य प्रकाश माविमा निशुल्क आँखा शिविर र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

सो स्कुलमा पढ्ने १ देखि ५ कक्षासम्मका ५२ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री, झोला, कापी, कलम, पानी पिउने बोत्तल लगायतका सामाग्री वितरण गरिएको थियो भने स्कुललाई खानेपानी ट्याङकी प्रदान गरिएको थियो ।  उज्यालो चौतारीले हिमालयन आँखा हस्पिटल पाेखराकाे प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम समेत राखेकाे थियाे । कार्यक्रममा हिमालयन आखा हस्पिटलका नेत्र सहायक धर्मेन्द्र घोरासैनीबाट झन्डै ९ सय जनालाई निशुल्क आँखा जाच समेत गरिएको थियो ।

Lama collectio News Middle

कार्यक्रममा डिस्कि ३२५ बि १ नेपालका कलस्टर प्रमुख बसन्त गिरिले लायन्सले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे । कार्यक्रममा स्कुललाई आवश्यक शैक्षिक सामाग्री प्रदान गरेकोमा निकै खुशी लागेको सोही स्कुलका शिक्षक बालकृष्ण शर्माले बताए । कार्यक्रममा लोकदोहोरी गायक कृष्ण सुवेदीले साँगीतिक प्रस्तुति राखेका थिए ।

क्लबका अध्यक्ष मिनवहादुर अधिकारीको अध्यक्षता भएको कार्यक्रममा कमिटी चेयर प्रसन जितबहादुर थापा, राजकुमारी थापा, जोन चेयर प्रसन नगेन्द्रप्रसाद पोख्रेल, कमिटीको चेयर प्रसन रजनी कोईराला, विरौटा साझा चौतारीका उपाध्यक्ष कल्पना अर्याल, युनिटि चौतारीका सचिव रामेश्वर सुवेदी, शान्ति सिग्देल,  पोखरा उज्यालो चौतारीका उपाध्यक्ष रुद्र लम्साल, कार्यक्रम सयोजक अच्युत शर्मा, कोषाधयक्ष जयराम अधिकारी बिक्रम खत्री, शकर राई, फतबहादुर हिसकी,जयन्ती क्षत्रिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उज्यालो चौतारीका सचिव केशव सुवेदीले गरेका थिए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery