www.tandavnews.com
Fact ~ In search of truth

सीमा सुरक्षा गर्न ‘बोर्डर आउट पोष्ट’ बढाईने : गृहमन्त्री थापा

सुशान्त गाहा मगर
ताण्डव न्यूज/पोखरा ।

नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल)ले सिमा सुरक्षामा कडाई गर्नका लागि (बीओपी) बोर्डर आउट पोष्ट बढाउने बताएका छन् । पोखरामा जारी गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठीको दोस्रो दिन पत्रकारहरु समक्ष बोल्दै थापाले सीमा सुरक्षा मजबुत बनाउका लागि बोर्डर आउट पोष्ट बढाईने बताएका हुन् ।

उनले विगतका तुलनमा बोर्डर आउट पोष्ट दुई गुणा बढाईने योजना रहेको बताए । ‘पहिला हाम्रो ८७ वटा मात्रै थियो, उनले भने, ‘त्यसलाई हामीले बढाएर त्त सय १३÷१४ पुर्याएका थियौ, अहिले त्यसलाई दुई गुणा बिस्तार गर्ने योजना बनाएका छौ ।’

Batas

उनले नेपालको पश्चिमी क्षेत्रमा सीमा सुरक्षामा समस्या भएको उल्लेख गर्दै बोर्डर आउट पोष्ट खडा गर्नै प्रकृया सुरु भैसकेको बताए ।

मन्त्री थापाले भारतले जारी गरेको नक्शा सरकारलाई स्वीकार्य नहुने भएकाले कुटनीतिक तवरबाट समाधानका लागि प्रकृया भैरहेको उल्लेख गरे । उनले सो प्रकृया अन्तिम चरणमा पुगेको समेत बताउदै लिम्पियाधुरा, कालापानी नेपालकै भुभाग रहेको दाबी गरे । मन्त्री थापाले नेपालको तर्फबाट पनि नयाँ नक्शा जारी गर्नै तयारी भएको बताउदै अन्तिम चरणमा पुगेको स्पष्ट पारे ।

उनले देशको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उल्लेख गर्दै भने ‘सरकारले शान्ति सुरक्षा र सुशासनको यो निष्कर्ष नेपाल सरकारको मात्रै हाईन की अन्तराष्ट्रिय सँघ सँस्थाहरुको पनि हो ।’

उनले तुलनात्मक रुपमा विगतमा भन्दा गत वर्ष यता आर्थिक बृद्धिदरमा बृद्धि आएको निष्कर्ष निकालिएको बताए । ‘५ प्रतिशत भन्दा माथि गयो भने चाँही राम्रो बृद्धिदर मानिन्छ, हाम्रो ७.१ प्रतिशत रहेको छ ।’ उनले भने ।

उनले सिङ्गल डिजिजमा रहेको नेपालको आर्थिक बृद्धिदरलाई डबल डिजिजमा पुर्याउनले लक्ष्य रहेको समेत उल्लेख गरे ।

मन्त्री थापाले फरक प्रसंगमा बोल्दै देशको आर्थिक समृद्धि बनाउने पाटो पर्यटन रहेको बताउदै कोरोना भाईरसको त्रासको कारण केही समय शिथिल उत्पन्न भएको बताए । ‘यो भाईरसको समस्या बिस्तारै हल हुन्छ र यो वर्षको लक्ष्य प्राप्त गरिन्छ ।’ उनले भने ।

मन्त्री थापाले सभामुखको घटना, एमसीसीको विवाद र पछिल्लो समय सञ्चारमन्त्रीको राजिनामा जस्ता नकरात्मक क्रियाकलाप भएको स्मरण गर्दै उनले सुदृढ गर्दै लैजाने धारणा राखेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.