www.tandavnews.com
Fact ~ In search of truth

केही बुँदा परिमार्जन गरेर एमसिसी पारित हुन्छ : पूर्वमन्त्री बस्नेत

अर्घाखाँची ।

नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने , “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ । ”

Batas

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाए ।

गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले दोषी भएमा कोही उम्किन नसक्ने बताए । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

युवासङ्घका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसारनै काम गर्ने बताए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.