www.tandavnews.com
Fact ~ In search of truth

‘किंगडम’ हटेर ‘ओलीडम’ चलिरहेछ : अधिवक्ता नेपाल

‘सबै बेग्लाबेग्लै नामका एउटै दल हुन्’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

अधिवक्ता तथा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संस्थापक संयोजक स्वागत नेपालले देशमा अहिले किंगडम हटेर ओलिडम चलिरहेको बताएका छन् । नेपालमा रहेको व्यस्थालाई लोकतन्त्र भन्न नमिल्ने प्रसंगमा संयोगबस अहिले ओलिडम चलिरहेको बताएका हुन् ।

स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल र नेपाल रुपान्तरण अभियान द्धारा पोखरामा आयोजित निष्कर्शात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ता नेपालले भने ‘नेपालमा रहेको व्यवस्थालाई लोकतन्त्र भनिदैन, यो अल्पतन्त्र हो । नेपालमा अहिलेसम्म भएका निर्वाचनहरुमा एकजना उम्मेदवारले पनि बहुमत प्राप्त गरेका छैनन् ।’ विभिन्न देशमा रहिआएका व्यवस्थाबारे प्रष्ट्याउदै उनले थपे ‘संयोगबस अहिले किंगडम हटेर ओलिडम चलिरहेको छ ।’

Batas

उनले युवाहरु विदेशिनुपर्ने अवस्था पुरानै दलहरुले निम्त्याएको आरोप लगाए । विदेशबाट आएका नेपालीहरुको लासमाथी ट्याक्स उठाएर खाने एकमात्र देश नेपाल रहेको दाबी गर्दै उनले भने ‘अहिले विवाह गरेको केही दिनमै विदेशीनुपर्ने युवाहरुको अवस्था छ । यो अवस्था पुरानै दलहरुले ल्याएका हुन् । त्यति मात्र होइन, लासमाथी ट्याक्स उठाएर खाने एकमात्र देश नेपाल हो ।’

अधिवक्ता नेपालले अहिलेको समाजमा नेताहरुकै सबैभन्दा बढी सम्पत्ति भएको उल्लेख गरे । ‘जागिर नगर्ने, व्यापार नगर्ने, काम नगर्ने भाषण मात्र गर्नेहरुको अहिले धेरै सम्पत्ति धेरै छ । सबै भन्दा धनी उनिहरु नै छन् । यो सम्भव कसरी भयो ? अहिलेको राजनीतिक र निर्वाचन प्रणालिको कारण नै यो अवस्था आएको हो ।
उनले देशमा राजनीतिक परिवर्तन नै नभएको जिकिर गर्दै समृद्धिको बाटोतर्फ जाने बेला भैनसकेको बताए ।  उनले नैतिकताको आधारमा दिइएका राजीनामा बारे टिप्पणी गर्दै भने ‘ नैतिकताको आधारमा राजीनामा रे , हाँसो उठ्दैन । लुकाउनै सकिएन अनि राजीनामा । भएको नैतिकताको पो नैतिक राजीनामा । ययसलाई अनैतिकताको आधारमा राजीनामा भन्नुपर्छ ।’

अहिलेका जनप्रतिनिधिहरु जनताले चुनेको प्रतिनिधि हुनै नसक्ने उनको तर्क छ । केन्द्रबाट निकटताको आधारमा ब्यक्तिहरुलाई दिइएको टिकटवालालाई जनताले भोट हाल्न विवश रहेको उल्लेख गर्दै अधिवक्ता नेपालले बाध्यवस भोट हालेर जित्नेहरु जनप्रतिनिधि हुन नसक्ने प्रष्ट्याए ।

उनले अहिलेका राजनीतिक दलहरु बेग्लाबेग्लै नामका एउटै दल रहेको समेत बताए । ‘सबै दलका नेता अथवा सांसदहरु एकै हुन् । सांसद, मन्त्री हुँदै प्रधानमन्त्री हुने । बेग्लाबेग्लै नामका एउटै दल हुन् ’ उनले भने ।

अधिवक्ता नेपालले अहिलेको राजनीतिलाई पुरुष वेश्याहरुले संचालन गरेको राजनीतिको संज्ञा दिँदै भने ‘अहिलेको राजनीति पुरुष बेश्याहरुले संचालन गरेको राजनीति हो । पोलिटिकल मेल प्रोस्टिच्यूड । जहाँ, आज बेलुका सम्म एउटा पार्टी, भोली अरुको पार्टीबाट टिकट लिएर चुनाव लडिन्छ । डोनेसनको पोका फालेर टिकट लिइन्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.