www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा निःशुल्क पाठेघर शिविर

लमजुङ ।

बेसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् ।

वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।

Batas

चण्डीस्थान स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा पाठेघरको परीक्षण गराएका मध्ये एक जनामा अर्बुद्धरोग र अर्को एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्यालले जानकारी दिए ।

त्यस्तै, चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ । शिविरमा चार जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र सङ्गीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङ गरी पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेकोस्त्रीरोग विशेषज्ञ छन्त्यालले जानकारी दिए ।

शिविर वल्र्डभिजन इन्टरनेशनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति ९कोपाडेस० को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।

ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उनले जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.