www.tandavnews.com
Fact ~ In search of truth

शान्ति आश्रम विकास गर्न महायज्ञ

पोखरा ।

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञानमहायज्ञ शुरु गरिएको छ ।

महायज्ञको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले हिजो(शनिबार)शुभारम्भ गर्दै शान्ति र मेलमिलाप बिना समाज अघि बढ्न नसक्ने हुँदा अहंकार, लोभ, र्इष्याजस्ता कुरा त्याग्नुपर्ने बताए ।

Batas

संस्कृति र धर्मको रक्षाका लागि यस किसिमका महायज्ञले महत्वपूर्ण योगदान पुर्याउने उनले उल्लेख गरे । कार्यक्रममा महायज्ञ मूल समारोहका संरक्षक एवं पिठाधीश मुकुन्दशरण उपाध्याय, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण मन्दिर देवघाटका पिठाधीश हरिशरण उपाध्याय, ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा. डा नारयणप्रसाद अधिकारी, प्रमुख कथावाचक पं राधाशरण काफ्लेलगायतले शान्ति आश्रमलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड दिए।

महायज्ञ शुरु हुनुपूर्व लेखनाथको पावरहाउसबाट महायज्ञस्थल लामेआहालसम्म कलशयात्रा गरिएको थियो । कलशयात्रामा विभिन्न संघ, संस्था एवं आमा समूहको सहभागिता थियो ।

पण्डित राधाशरण काफ्ले प्रमुख वाचकत्वमा आगामी फागुन २४ गतेसम्म चल्ने महायज्ञमा दैनिक श्रीमद्भागवत वेद, चण्डी, रुद्री गीतापाठका साथै हवन गरिने आयोजकले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.