www.tandavnews.com
Fact ~ In search of truth

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘आर्ट अफ सक्सेस’

पोखरा ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बसून्धारा बैंक्वेट, काठमाडौंमा ‘आर्ट अफ सक्सेस’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिबृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरुमाझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको इन्स्योरेन्सले जनाएको छ ।

उक्त कार्यक्रममा द्धण्ण् भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो। सिटिजन लाइफ इन्स्योरेन्सका प्रमूख व्यवसाय अधिकृत भूषण रिमालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध काठमाडौं उपत्यका भित्रका सिटिजन लिडर र कर्मचारीहरुलाई स्वागत गर्दै कार्यक्रमको शूभारम्भ गरेका थिए । उक्त कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमूख बजार व्यवस्थापन अधिकृत कवि फूयालले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गूणहरुबारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको संलग्नता रहेको थियो । पांच घण्टाको कार्यक्रम अत्याधिक ज्ञान वद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्दै एजेन्सीको विकासको बारेमा प्रकाश पारेका थिए । उनले आगामी दिनहरुमा बीमामा आबद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि लिडरहरुलाई प्रेरित गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.