www.tandavnews.com
Fact ~ In search of truth

करका नाममा कालाबजारी, जनता मारमाःसांसद थापा

५४ रुपैयाँमा किनेको पेट्रोल ११० रुपैयाँमा बेच्दा कालाबजारी भएन र ?

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले जनतालाई महंगीको भारबाट बचाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिजो आइतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद थापाले सरकारले आफ्नो असक्षमता लुकाउन अप्रत्यक्ष कर लगाउँदा मंहगी बढेको र यसको मारमा जनता परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Batas

सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा पुर्वाधार विकास करको नाममा इन्धनको भाउ बढाउँदा जनता मर्कामा परेको थापाको भनाई थियो । विशेष समयमा बोल्दै सांसद थापाले प्रश्न गरे,‘ सरकारले नेपालमा इन्धनको मुल्य सस्तो भएको बताईरहँदा ५४ रुपैयाँमा किनेको पेट्रोल ११० रुपैयाँमा बेचीरहेको छ, यो कालाबजारी भएन र ?

यस्तै थापाले बैंकहरुको मनोमानी व्याजदर, अव्यवहारिक सेवा दस्तुर, प्रि पेमेण्ट चार्ज लगाई वर्षै पिच्छे बैंकहरुले ऋण सेवा दस्तुर लगाएर व्यवसायीहरुलाई कालो सूचिमा राख्ने गरेको बताए । यसले बैंकहरु मोटाउँदै जाने उद्योगी व्यवसायी आत्महत्या गर्ने सम्मको परिस्थिती सृजना भएको भन्दै यसततर्फ सरकारले ध्यान दिनुपर्नेमा बताए ।

बैंकहरुमा नाफा कमाउने होड नै चलेको बताउँदै ०७५-०७६ मा एनएमबि, नबिल लगाएतका बैंकले ३४ प्रतिशत सम्म नाफा बाढेको थापाले बताए । ८-९ प्रतिशतबाट व्याज बढेर १४-१५ प्रतिशत सम्म पुगेको उनले जनाए ।

बैंकको चर्को व्याज सिंगल डिजिटमा झार्न, चैत्र मसान्त र अषाढ मसान्तको व्याजलाई थप ६ महिनाको ग्रेस टाइम दिएर राहत उपलब्ध गराउनुपर्ने हालै ज्ञानमाथिको कर अथवा पुस्तक माथि लगाएको अव्यहारिक १० प्रतिशत कर यथा शिघ्र घटाउनुपर्ने थापाको माग रहेको छ ।

सांसद थापाले विश्वभरका अधिकांश देशमा कोरोनाको त्रास रहेकाले हामीले पनि भाइरसको संक्रमणबाट बच्न सर्तकर्ता अपनाउनु पर्ने बताए ।

उनले भने, ‘चीनको बुहान शहरबाट शुरु भएको भाइरसको संक्रमण अहिले विश्वका ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठले नेपाललाई पनि उच्च जोखिमको सूचीमा राखेको छ । यसको सर्तकता र संक्रमण देखिएमा निराकरणमा गम्भीरतापूर्वक लाग्नुपर्ने बेला आएको छ ।’ कोरोना भाइरसकै कारण पर्यटन व्यवसाय, नेपालमा पनि धरासायी बन्दै गएको उनले बताए ।

थापाले कोरोनाका कारण ८० प्रतिशत पर्यटक घटेको र बुकिङ रद्ध भएको जानकारी दिए । जसका कारण निर्माण कार्य, पूर्वाधार योजनाहरू, खाद्यान लत्ता कपडा उपभोग्य सामाग्रीमा समेत प्रतिकुल असर परेपछि महंगी बढ्न थालिसकेकाले कृषक, उद्योगी व्यवसायी सर्वसाधारण सबै आक्रान्त बनेको उनले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.