www.tandavnews.com
Fact ~ In search of truth

सिसी क्यामराको निगरानीमा आँबुखैरेनी

आबुखैरेनी ।

गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य संघको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सिसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

Batas

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए ।‘बजार क्षेत्रमा जडान गरिएका २९ सिसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छौँ’, उनले भने, ‘सिसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पुर्याउँछ ।’ प्रहरीले सिसी क्यामराको माध्यमबाट चौबिसैँ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा १९ सिसी क्यामरा जडान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र र राजमार्गमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाको शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बीच भाग, इलाका प्रहरी कार्यालयलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.