www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली व्यवसायीको गुनासो, राजश्व र करनीति व्यवसायीमैत्री भएन

पोखरा ।

पोखराका उद्योगी-व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष २०७७-७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक छलफलमा उद्योगी-व्यवसायीले राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्ने बताए ।

Batas

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्रले दिएका सुझाव समेटेर कर तथा राजश्व नीति बनाउँदा राजश्व वृद्धि हुने उल्लेख गरे । व्यवसायीलाई पेलेर मात्रै आर्थिक उन्नति सम्भव नहुनेमा उनको जोड थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले स्थानीय र प्रदेश सरकारको एकल अधिकारमा कर लगाइँदा त्यसले व्यावसायिक बन्दै गरेको कृषिलाई निरुत्साहित गर्नेतर्फ गम्भीर बन्न आग्रह गरे ।आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले करको दायरामा आउने व्यवसायीले कानून नमान्नेसँग प्रतिस्पर्धा गर्दा घाटा व्यहोर्नुपरेको स्वीकार गरे।

छलफलमा लेखनाथ उद्योग वाणिज्य संघका सदस्य विक्रम कर्माचार्य, रमानाथ पौडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र गौतम, भिमाद उद्योग वाणिज्य संघका अध्यक्ष हस्तबहादुर खड्का, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले राजश्व तथा कर नीति व्यवसायीमैत्री भएमा राजश्वमा वृद्धि आउने धारणा राखे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.