www.tandavnews.com
Fact ~ In search of truth

७० बढी देशमा कोरोना फैलियोःडब्ल्यूएचओ भन्छ,‘विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो’

काठमाडौं ।

अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ।अचम्म खालको कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व अनुमान गर्नै नसकिने स्थानमा आइपुगेको डब्ल्यूएचओले जनाएको हो।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा धेरै चीनका छन्। भाइरसकै कारण अमेरिकामा मात्रै ६ जनाको ज्यान गइसकेको अमेरिकी स्वाथ्य अधिकारीहरुले बताइरहेका छन् । अमेरिकामा ९९ जनामा यसको संक्रमण देखिएको जनाइएको छ ।

Batas

तर केही दिनयता चीनभन्दा बाहिर यसको संक्रमण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ।चीनबाहिर सबैभन्दा धेरै संक्रमण फैलिएका देशमध्ये इटलीमा सोमबार कोरोनाका कारण मर्नेको संख्या ५२ पुगेको छ।विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म चीनसहित विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ।

उक्त भाइरसबाट ९० हजार मानिस संक्रमित भएको पुष्टि भइसकेको छ। तीमध्ये झन्डै ९० प्रतिशत संक्रमित चीनका छन्।चीन बाहिर ८ हजार ८ सय जनामा कोरोना संक्रमण भएको डब्ल्यूएचओले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.