www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकपको तयारी पूरा, सहारा र ब्रिगेड ब्वाईजबिच उद्घाटन खेल हुने (खेल तालिका सहित)

लता जोशी

तयडव न्यूज/पोखरा ।

मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकपको तयारी पूरा भएको छ ।

Batas

सहारा क्लब पोखराको आयोजनामा यहि फागुन २२ देखी चैत १ सम्म सञ्चालन हुने १८ औं संस्करणको फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

क्बलमा महासचिव रामजी प्रसाद अधिकारीले सम्पूर्ण तयारी पूरा भएको बताउदँै उद्घाटन खेल आयोजक र ब्रिगेड ब्वाईज बिच प्रतिस्पर्धा हुने बताए । उनले गत बर्ष भन्दा २ लाखले पुरस्कारमा बृद्धि गरेको जानकारी दिदैँ बिजेतालाई १० लाख १ हजार प्रदान गरिने बताए ।

उनका अनुसार उपबिजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । पोखरा रगंशालामा हुने उक्त प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्ने अधिकारीले बताए ।

उनका अुनसार डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी सहित नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाईज, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब सहित १० टोलीले प्रतिस्पर्धामा उत्रनेछन् ।

प्रतियोगितामा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने क्लबका अध्यक्ष केशव बहादुर थापामगरले बताए ।

क्याराभान गोल्डकपबाट सुरु भई आहा ! रारा सम्म आईपुगेको यस प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमीका लागि खर्च गरिनेछ । तेस्रो व्याचको एकेडेमीमा पछिल्लो समय १४ जिल्लाका २४ जना बालक आश्रित रहेको आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.