www.tandavnews.com
Fact ~ In search of truth

झापामा कोरोनाको संक्रमणबाट बच्न हात धुने अभियान

झापा ।

झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ ।

अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिए। ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उनले बताए ।

Batas

‘विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ’, उनले भने, ‘अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।’ कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए । उनले भने, ‘जिल्ला व्यापीरूपमा सचेतनामूलक कार्यक्रम गछौँ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.