www.tandavnews.com
Fact ~ In search of truth

सितोरियो करातेको ‘इन्टरनेसनल टेक्निकल सेमिनार’ पोखरामा सुरु

पोखरा
ताण्डव न्यूज ।

सितोरियो करातेको टेक्निकल सेमिनार सुरु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका बिच ‘इन्टरनेसनल टेक्निकल सेमिनार २०२०’ सुरु भएको हो ।

पोखरा रंगशाला स्थित कभर्ड हलमा सुरु भएको सेमिनारमा देशभरबाट करिब २ सय कराते खेलाडिहरुको सहभागिता छ । खेलाडीहरुलाई विश्व सितोरियो कराते महासंघका अध्यक्ष ग्राण्ड मास्टर हान्सी गेन्जो इवाताले टेक्निकल ट्रेनिङ दिए ।

Batas

यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले खेलाडीहरु देशको गहना रहेको उल्लख गर्दै सम्पुर्ण खेलाडीहरु स्वास्थ्यसँगै राष्ट्रकालागि पनि खेल्नुपर्ने बताए ।

सांसद नवराज सिलवालले नेपाल करातेको उर्वर भुमिको रुपमा चित्राए । पछिल्लो समय हरेक उमेर समूह करातेप्रति रुची बढ्दै गएको जनाउँदै यसलाई समयानुसार विकास गर्नुपर्ने उनको भनाइ थियो ।

उद्घाटनमा बोल्दै सितोरियो कराते महासंघका अध्यक्ष ग्राण्ड मास्टर इवाताले नेपालमा आएर सेमिनारमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले यस टेक्निकल सेमिनारले खेलाडीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए ।

सो अवसरमा कराते खेलाडीहरुले विभिन्न स्किल देखाएका थिए भने मौलिक नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

सेमिनारका संयोजक धावा गुरुङले सेमिनारले खेलाडीहरुमा थप उर्जा र हौसला मिल्ने अपेक्षा गरे ।

राजेश अधिकारी र गजेन्द्र बहादुर खपाङ्गीले संचालन गरेको उद्घाटन सत्रमा राजीव कुमार थापाले उपस्थितहरुलाई स्वागत गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.