www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला प्रशासन कास्कीको सुचनाःसार्वजनिक भेला,मेला र समारोह नर्गन आग्रह

पोखरा ।

कोरोनाको त्रास फैलिरहँदा कास्की जिल्ला प्रशासनले सर्तकता अपनाउन एक सुचना पक्राशित गरेको छ । प्रशासनले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सार्वजनिक सूचनामार्फत धेरै भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

Batas

प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ। कोरोना संत्रासकै कारण पोखराको पर्यटन व्यसाय धरासायी बनिरहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.