www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा कोरोनाको त्रास, ‘मास्क’ सर्टेज

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

चीनको वुहान शहरमा देखिएको ‘कोभिड–१९’ कोरोना भाईरसको संक्रमण ७० बढि देशमा फैलिएको छ । यसको न्यूनीकरणका लागि विभिन्न संस्थाले अभियान थालेपनि झन अन्य राष्ट्रहरुमा समेत संक्रमण फैलिदै गएपछि पोखरेलीहरु समेत त्रसित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल समेत उच्च जोखिम राष्ट्रमा देखिएको छ । महामारीको रुपमा फैलने नदिनका लागि सतर्कता अपनाउन संघीय सरकारले सामुहिक भेला हुने विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । सोही अनुरुप ५ नम्बर प्रदेशले १२ जिल्लामै रोक लगाउन विज्ञप्ती जारिसकेको छ । शिक्षा निर्देशनालयले सुचना जारी गर्दै कक्षा १ देखी ९ सम्मको परिक्षा चैत्र ५ गते सम्म सम्पन्न गर्न मंगलबार निर्देशन दिईसकेको छ । विमानस्थलले आफ्नो शुभचिन्तकको स्वागत र विदाईका लागि नजान समेत सुचित गरेको छ ।

Batas

यसैबिच पर्यटकिय नगरी पोखरामा बाह्य पर्यटकको चहलपहल हुने भएकाले पोखरेलीहरुमा त्रास बढेको छ । पोखरा महानगरपालिका –३ नदीपुर बस्ने सीमा गुरुङले नेपालमा संक्रमण नभेटिदै सचेतनामुलक कार्यक्रमहरु व्यापक रुपमा गर्न आवश्यक रहेको बताईन् । ‘प्राणघातक भएकाले महामारीका रुपमा संक्रमण फैलने पिरलो हामीमा छ, उनले भनिन्, ‘यहाँ बढि विदेशी पर्यटक आउने भएकाले अलि डर बढि छ ।’ उनले छिमेकी राष्ट्र भारतको दिल्लीमा संक्रमण भेटिएपछि नेपालमा पनि छिट्टै देखिन सक्ने बताउदै नेपाल आउने खुल्ला नाकामा सरकारले विशेष चाँसो दिनुपर्ने बताईन् ।

यता गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखराका प्रहरी निरिक्षक डाक्टर सक्षम केसीले मौसमी रुघाखोकी जस्तै लक्षणहरु देखा पर्ने बताउदै सावधानी अपनाउन सुझाव दिन्छन् । उनले चिसो मौसममा भाईरस सक्रिय हुने भएकाले र प्रतिरोधान्मक क्षमतालाई कमजोर बनाउने भएकाले सुगर रोगीहरुलाई विशेष सचेत हुनुपपर्ने बताए ।

डा. केसीले अनिवार्य माक्स तथा पञ्जाको प्रयोग गर्नुपर्ने बताउदै खोक्दा वा हाच्छिँउ गर्दा अनिवार्य मुख छोप्नुपर्ने बताए । उनले हावा तथा स्वाशप्रस्वाशको माध्ययमबाट फैलने बताउदै सिधै फोक्सोमा संक्रमण गर्ने भएकाले सरसफाईमा ध्यान दिनुपर्ने बताए । उनले कोरोना भाईरसबाट त्रसित भन्दा सतर्कता अपनाउनुपर्ने बताउदै अनावश्यक भिडभाडमा नजान आग्रह गरे । ‘मौसमी रुघाखोकी जस्तो लक्षण देखा परेमा वा संका लागेमा प्रत्यक्ष सम्पर्कमा रहनुहुदैन, उनले भने, ‘कसैले बोल्दा, खोक्दा सम्भावित संक्रमित व्यक्तिको वरिपरी नबस्ने र सेफ डिस्टेन्स मेन्टेन गर्ने अनि सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।’

कोरोना लक्षित गण्डकी प्रदेशका ४ अस्पतालमा ६० बेड तयार

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल समेत उच्च जोखिम राष्ट्रमा देखिएपछि गण्डकी प्रदेश सरकारले भैपरि आउने समस्यालाई मध्यनजर गरी उच्च सतर्कता अपनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय क्षेत्र समेत भएको र आन्तरिक तथा बाह्य पर्यटकहरु बढी मात्रामा आवतजावत गर्ने भएकाले कोरोना भाइरसलाई मध्येनजर गरी तयारी तीब्र पारिएको गण्डकी प्रदेश सरकारले जानकारी दिएको हो ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेश सरकारको पहलमा पोखराका विभिन्न हस्पिटलहरु गरी ६० वेड तयारी अवस्थामा राखिएको बताईन् । उनले त्यसबाहेक अन्यत्र पनि व्यवस्थाको तयारी भैरहेको जानकारी दिईन् । मन्त्री पुन मगरका अनुसार पोखराको चरक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल अस्पतालमा १५ र पोखरा एकेडेमीमा ३ गरी ६० वटा वेड तयारी अवस्थामा राखिएको छ भने आईएनएफको प्रांगणमा टेन्टको व्यवस्था गरी ५० वटा वेड निर्माण गर्ने तयारी समेत रहेको छ ।

‘हाम्रै सहयोगमा पोखरा विमानस्थलमा गएको महिनादेखी हेल्थ डेस्क स्थापना गरेका छौं, उनले भनिन्, ‘व्यक्तिगत सुरक्षा सामाग्रीको सहायतामा पोखरा भित्रिने यात्रुहरुलाई ज्वरो, रुघाखोकी बारे चेकजाँच भैरहेको छ त्यस्तो नराम्रो भेटिएको छैन ।’

उनले सुरक्षा सामाग्री हाल सम्म १९ वटा उपलब्ध रहेको र कोराना जोखिमलाई मध्येनजर गरी थप ४ सय ७५ वटा पर्सनल प्रोटेक्ट इक्युपमेन्ट किन्ने तयारी गरेको बताईन् । प्रदेश सरकारले वेड छुट्याएको अस्पतालहरुका स्टाफ विशेषगरी ल्यावमा काम गर्नेहरु २० जनालाई लाई अस्पतालमा पुगेर तालिम दिने समेत प्रदेश सरकारको तयारी रहेको जानकारी दिईन् ।

प्रदेश सरकारले उत्तरी नाका कोराला नजिकै मुस्ताङको लोमन्थाङमा समेत हेल्थ डेस्क स्थापना गरी ८ जना कर्मचारीलाई तालिम समेत प्रदान गरिसकेको बताईन् । ‘प्रदेशको उत्तरी र दक्षिण नाकालाई समेत विशेष रुपमा निगरानी गरिरहेका छौं ।’ मन्त्री पुनले भनिन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले समेत कोरोना भाइरसको जोखिमलाई मध्येनजर गरी सचेतना अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा विमानस्थल र लेकसाईड क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी पम्प्लेटहरु वितरण गर्दै सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले कोरोना रोकथामका लागि आगामी दिनमा ठूल–ठूला सभा, सम्मेलन, हुलमुलमा नबस्न, मेला महोत्सवहरु आयोजना नगर्न र विशेष गरी व्याक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

‘मेडिकल मास्क’ सर्टेज

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल समेत उच्च जोखिम राष्ट्रमा देखिएपछि गण्डकी प्रदेश सरकारले भैपरि आउने समस्यालाई मध्यनजर गरी उच्च सतर्कता अपनाएको छ । कोरोना भाईरस लक्षित वेड तयार पारेको छ । कोरोना नमस्ते अभिया जस्ता सचेतना मुलक कार्यक्रमहरु अघि सारेको छ । र विशेषगरी सरसफाईमा ध्यान दिन आग्रह गर्दै त्रसित भन्दा सतर्कता अपनाउन आग्रह गरेको छ । स्वाशप्रस्वाशका कारण सर्ने कोरोना भाईरसबाट सतर्कता अपनाउन मास्कको प्रयोग अपरिहार्य छ ।

पछिल्लो समय विकराल बन्दै गएको कोरोनाको संक्रमणले मेडिकल मास्कको सर्टेज भएको छ । पद्यमा फार्मेसी न्यूरोडका सञ्चलकक बाबुराम पौडेलले पोखरामा मास्क सर्टेज भएको एक महिना भैसकेको बताए । उनले कोरोना भाईरसको हल्ला पश्चात पोखराको बजारमै मास्क सकिएको बताए । ‘हामीले फार्मेसीमा ल्याउने भनेको सर्जिकल पसलबाट हा,े उनले भने, ‘पोखरामा मैले बुझेको कतै पनि छैन । सर्टेज भएको सुरु देखी नै हो ।’

उनले सिमित मास्क फार्मेसीमा राख्दै आएको बताउदै भने, ‘यस्तो हुन्छ भनेर थाहै भएन, हङकङ तिर भएका आफ्मा आफन्तलाई कुरिएर गर्दै पठाएर पनि पोखरामा मास्क सर्टेज भएको हो ।’

पौडेलले मेडिकल मास्कको प्रयोगले मात्रै नभई कपडाको मास्कले समेत कोरोना भाईरसलाई रोक्छ भन्ने कुरामा अन्यौल रहेको धारणा राखे । ‘मेडिकल मास्कले मात्रै होकी कपडाकोले पनि रोक्छ भन्ने स्पष्टै भएन ।’ उनले भने ।

यो पनि पढ्नुहोस्

जिल्ला प्रशासन कास्कीको सुचनाःसार्वजनिक भेला,मेला र समारोह नर्गन आग्रह

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.