www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट बच्न ‘हात नमिलाउ, नमस्कार गरौँ’

काठमाडौं ।

नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् ।

चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् ।

Batas

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् । अहिलेसम्ममा चीनमा ८० हजार ३०४ मा सङ्क्रमण देखिएको, दुई हजार ९४६ को ज्यान गएको छ भने चीन बाहिर ७२ देशमा गरी १० हजार ५६६ मा संक्रमण देखिएको र १६६ को ज्यान गएको डा .सुरेश मेहताले जानकारी दिए।

यो संक्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र दुई प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छन् । यो भाइरसका कारण मृत्यु हुने मानिस प्रायः वृद्ध, दम रोग भएको, मिर्गौला रोगी र मधुमेह रोगीको ज्यान जाने गरेको तथ्यांकले देखाएको डा. मेहताले बताए ।

यो भाइरसबाट बच्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । यसका लागि जनस्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ भने प्राविधिक समितिलाई आवश्यक सल्लाह एवं सुझाव दिन र तयारी अवस्थालाई प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौँका निर्देशक भोजराज डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले आवश्यक निर्देशन एवं परामर्श दिइरहेको बताएको छ ।

टोलीले साबुन पानीले मिचिमिची ३० सेकेण्डसम्म हात धोएमा यसबाट बच्न सकिन्छ र बाहिर हिँड्दा नाक मुख छोप्ने मास्क लगाउनुपर्ने, भिडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, जङ्गली तथा घरपालुवा पशुपक्षीबाट टाढा रहने सुझाव दिएका छन् ।

कोरोनाको संक्रमण देखिको मानिसको उपचारका लागि प्रदेश नं १ मा कोशी अस्पताल विराटनगरमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०, विराट अस्पतालमा १२ र नोबेल अस्पतालमा एक श्यया व्यवस्था गरी उपचार गर्ने प्रबन्ध मिलाइएको छ ।

अहिलेसम्म प्रदेशमा यो भाइरसको रोगी नदेखिए पनि संक्रमण हुने उच्च जोखिम रहेकाले यस्तो प्रबन्ध मिलाइएको मन्त्रालयले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यो लक्षण देखिएमा सामाजिक विकास मन्त्रालयले कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज विराटनगर, बिएण्डबी अस्पताल बिर्तामोड र मेची अस्पताल भद्रपुरमा ‘आइसोलेशन बेड’ तयार पारी उपचार गर्ने उपचार गर्ने प्रबन्ध मिलाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको बारेमा अनावश्यक त्रास फैलिन नदिन यसबारेमा सबैले बुझ्नु आवश्यक रहेको बताए । यसबाट बच्न आम नागरिकमा जनजागरण एवं सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश नं १ को नाकामा ‘हेल्प डेस्क’ राखिएको जानकारी दिए ।

उनले इलामको पशुपति नगर, झापाको काँकडभिट्टा, भद्रपुर र मोरङको रानीमा हेल्पडेस्क राखिएकाले विदेशीको स्वास्थ्य परीक्षण हुने भन्दै कोरोना भाइरसबाट जोगिन सावधान रहनु पर्ने कुरामा जोड दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.